३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


इलामको माइजोगमाई गाउँपालिकाको अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस


117
Shares

इलाम । माइजोगमाई गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका कुशबहादुर थेवे निर्वाचित हुनु भएको छ ।

गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकिकृत समाजवादीका जीतबहादुर राईलाई २२२ मतान्तरले थेवे विजयी हुनु भएको हो । थेबेले ५ हजार १३५ मत ल्याउनु भएको छ भने राईले ४ हजार ९२३ मत प्राप्त गर्नु भएको छ ।

उपाध्यक्षमा भने गठबन्धनको तर्फबाट उम्मेदवार बन्नु भएकी नेपाली कांग्रेसकी प्रबिना राई विजयी हुनु भएको छ । एमालेकी सावित्रा भट्टराईलाई २७६ मतान्तरले हराउँदै राई उपाध्यक्ष निर्वाचित हुनु भएको हो । राईले ५ हजार १५९ मत ल्याउनु भएको छ भने भट्टराईले ४ हजार ८८३ मत प्राप्त गर्नु भएको छ ।

माइजोगमाई–१ मा एमालेको प्यानल विजयी भएको थियो । वडा नं २ र ३ मा नेपाली कांग्रेस नेतृत्वको गठबन्धनको प्यानल वडा नं ४, ५ र ६ मा एमालेको प्यानल विजयी भएको छ ।