२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


नवलपरासीको सरावल गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी


182
Shares

परासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी हुनु भएको छ ।

गाउँपालिकामा अध्यक्षमा सुखाडी प्रसाद चौधरी र उपाध्यक्षमा बासमति हरिजन विजयी हुनु भएको हो ।

अध्यक्ष पदमा निर्वाचित चौधरीले नेपाली कांग्रेसका अनिलकुमार गौडलाई २ हजार ९७० मतको फराकिलो अन्तरले पराजित गर्नुभयो । चौधरीले ७ हजार ५९ मत प्राप्त गर्नुहुँदा गौडले ४ हजार ८९ मत प्राप्त गर्नुभयो ।

त्यस्तै, उपाध्यक्षमा निर्वाचित हरिजनले कांग्रेसकी उत्तमा रायलाई ३ सय ९४ मतले पराजित गर्नुभयो । हरिजनको ५ हजार ७४३ मत प्राप्त गर्नुभयो भने रायले ५ हजार ३४९ मत प्राप्त गर्नुभयो । पराजित राय निवर्तमान उपाध्यक्षसमेत हुनुहुन्छ ।

यसअघि गाउँपालिकामा दुवै पद कांग्रेस (अध्यक्षमा तत्कालीन फोरम लोकतान्त्रिक, पछि कांग्रेसमा समाहित) ले जितेको थियो ।