३० चैत्र २०८१, शनिबार | Sun Apr 13 2025


इलामको रोङ गाउपालिकामा अध्यक्षमा काग्रेस र उपाध्यक्षमा एमाले विजयी


169
Shares

काठमाडौं । इलामको रोङ गाउपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली काग्रेसका मणिकुमार स्याङबो तामाङ (सुवास) र उपाध्यक्षमा नेकपा एमालेकी विष्णुमाया भुजेल विजयी हुनुभएकाे छ।

उहाँले ४ हजार ६७९ मत प्राप्त गरेर अध्यक्ष पदमा विजयी हुनुभएकाे हाे। उहाँका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका मेहरमान तामाङले ४ हजार ३२२ मत प्राप्त गरेर पराजित हुनुभएकाे हाे ।

त्यसैगरी उपाध्यक्षमा विजयी विष्णुमाया भुजेलले ४ हजार ६५६ मत प्राप्त गर्दा निकटतम प्रतिद्धन्द्धी गठबन्धनकी कल्पना खनाल भण्डारीले ४ हजार १९७ मत प्राप्त गरेर पराजित हुनुभएकाे हाे। ६ वटा वडा रहेको रोङ गाउपालिकाको ३ वटा वडा अध्यक्ष नेपाली काग्रेसका उम्मेदवार विजयी भएका छन् ।

साथै २ वटा वडामा भने नेकपा एमालेले विजयी हासिल गरेकाे छ। वडा नम्बर १, ३ र ५ मा नेपाली काग्रेसले वडा अध्यक्षमा विजयी भएकाे छ । वडा नम्बर ४ र ६ नेकपा एमालेले विजयी भएकाे छ ।

साथै वडा नम्बर २ मा भने स्वतन्त्र उम्मेद्वारले विजयी हासिल गरेकाे छ ।