
परासी । पूर्वमन्त्री एंव प्रतिनिधि सभा सदस्य हृदयेश त्रिपाठीको आफ्नै वडामा हार व्यहोर्नु भएको छ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–६ कठहवा घर भएका त्रिपाठीको आफ्नै वडामा हार व्यहोर्नु भएको हो ।
तत्कालीन राजपामा रहेका त्रिपाठीले पहिलो स्थानीय तह निर्वाचनलाई ‘धोखा’को संज्ञा दिदैं पश्चिम तराईबाट चुनाव बहिष्कार गर्नू भएको थियो । अहिले भने त्रिपाठीले आफ्नै नेतृत्वमा जनता प्रगतिशिल पार्टी (जप्रपा) नामको दल दर्ता गरेर स्थानीय तह निर्वाचनमा सहभागी हुनु भएको हो ।
नवलपरासी क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद त्रिपाठीको पार्टीका उम्मेदवार रामहरि उपाध्याय नेपाली कांग्रेसका उम्मेदवारसँग २५४ को फराकिलो मतअन्तरले पराजित हुनु भएको हो ।
कांग्रेसका केशवप्रसाद अधिकारीले ८४३ मत ल्याएर विजयी हुँदा जप्रपाका उमेदवार उपाध्यायले ५८९ मत ल्याएर पराजित हुनु भएको हो ।
अहिलेसम्म भएको मत परिणामअनुसार त्रिपाठीको पार्टीले प्रतापपुरको १ वडा मात्र जितेको छ । पालिका अध्यक्षमा उहाँका उम्मेदवार कांग्रेसभन्दा १४ सय मतले पछि छन् ।
प्रतिक्रिया दिनुहोस्