
स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।
पुतलीबजार नगरपालिकाको मेयरमा तुलसी राम रेग्मी १२ हजार ४ सय ९४ मत प्राप्त गरेर विजयी हुनुभएको हाे। उहाँले नेकपा एमालेकी मेयरकी उम्मेदवार सिमा कुमारी क्षेत्रीलाई पराजित गर्दै विजयी हुनुभएको हो । उहाँका प्रतिद्धन्द्धी नेकपा एमालेका तर्फबाट मेयर पदकी उम्मेदवार क्षेत्रीले १० हजार ९० मत प्राप्त गरेर पराजित उहाँ पराजित हुनुभएकाे छ।
साेही नगरपालिकाको उपमेयरमा कांग्रेसकै देवी अर्यालले ११ हजार ७ सय ४८ मत प्राप्त गरेर विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उपमेयर पदका उम्मेदवार महेश पुरीले १० हजार ७ सय ६१ मत ११ हजार ७ सय ४८ मत प्राप्त गरेर पराजित हुनुभएकाे हाे ।
पुतलीबजार नगरपालिका नेकपा एमालेको मुख्य गढकाे रुपमा रहेकोे पुतलीबजार यसपालि भन्ने नेपाली कांग्रेसले विजयी हासिल गरेको छ। पुतलीबजार नगरपालिकामा नेपाली कांग्रेसकाे बहुमत रहेको छ। पुतलीबजार नगरपालिका वडा नम्बर १,२,३,४,५,६,७,८,१०,११ र १४ मा नेपाली कांग्रेसकाे विजयी हासिल गरेको छ।
त्यस्तै वडा नम्बर ९,१२ र १३ नेकपा एमालेले विजयी हासिल गरेको छ।
प्रतिक्रिया दिनुहोस्