२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


कांग्रेसका बागीले जिते वडाध्यक्ष


208
Shares

परासी । नवलपरासीको रामग्राम नगरपालिका–१५ को वडाध्यक्षमा नेपाली कांग्रेसका बागी उम्मेदवार धनपद यादव विजयी हुनु भएको छ ।

यादव यसअघि कांग्रेसबाट निर्वाचित वडाध्यक्षसमेत हुनुहुन्थ्यो । पार्टीले टिकट नदिएपछि उहाँ स्वतन्त्र उठ्नु भएको हो ।

यादवले माओवादी केन्द्रका उम्मेदवार देवनारायण पाण्डेलाई ३११ मतअन्तरले पराजित गर्नु भएको हो । यादवले ८५३ मत प्राप्त गर्नुभयो भने पाण्डेले ५ सय ४२ मत प्राप्त गर्नुभयो । कांग्रेसबाट उम्मेदवार रहेका बबुल्लाहाँ धुनिया भने चौथो स्थानमा रहनु भएको छ । यादवले टिकट नपाएपछि कार्यकर्ता पार्टीसँग रुष्ट थिए ।

यसअघि कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उमेदवार उठेका बर्दघाट नगरपालिका–३ का वडाध्यक्ष प्रकाशचन्द्र अधिकारीको टिम नै विजयी भएको थियो ।

यादवले माओवादी केन्द्रका उम्मेदवार देवनारायण पाण्डेलाई ३११ मतअन्तरले पराजित गर्नुभएको छ । यादवले ८५३ मत प्राप्त गर्नु भएको छ भने पाण्डेले ५४२ मत ल्याएर पराजित हुनु भएको छ ।

१८ वडा रहेको रामग्राममा अहिलेसम्म १५ वटा वडाको नतिजा घोषणा भएको छ । मेयरमा एमाले र उपमेयरमा राप्रपाका उम्मेदवारको अग्रता रहेको छ ।