
काठमाडौं । स्थानीय तहकाे निर्वाचनको पूर्वसन्ध्यामा काठमाडौंको नयाँ बानेश्वरबाट तीनकुनेतर्फ जाने सडक खण्डमा सिलिण्डर बम विष्फोट गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा गोरखाको लखन गाउँपालिका वडा नम्बर ५ घर भई कपन बस्ने २९ वर्षीय हरिकृष्ण थापा, काभ्रेको तेमाल ९ घर भई ललितपुरको टिकाथली बस्ने २८ वर्षीय करण श्रेष्ठ, चागुँनारयण बस्ने भोजपुरका २८ वर्षीय युवराज थापा र खोटाङका ३६ वर्षीय भरतकुमार राई रहेका छन् ।
उनीहरू यसअघि पनि हातहतियार तथा खरखजाना र बैंकिङ कसुरमा जेल परिसकेका व्यक्ति भएकाे प्रहरीले जनाएकाे छ । उनीहरू पत्रकार बनेर हिंड्ने गरेको पनि अनुसन्धानबाट खुलेको प्रहरीले बताएकाे छ । घटनास्थलमा नेपाल कम्युनिष्ट पार्टी सीवादी लेखिएका पर्चा, पम्प्लेट, एलपीजी सिलिण्डर विस्फोट भएपछिका टुक्रा, पिएम टिभी लेखेको ब्यानर लगायतका समाग्रीहरू फेला परेका थिए । पक्राउ परेकाहरूलाई ७ दिनको म्याद थप गरि अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।
केही ब्यक्तिहरूले ग्याँस सिलिण्डरमा आगो लगाई विस्फोट गराउन लागेको सूचनाको आधारमा प्रहरी बृत्त नयाँ बानेश्वरको टोली घटनास्थल पुग्दा उनीहरू विष्फोट गराई फरार भएका थिए ।
प्रतिक्रिया दिनुहोस्