१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


दाङका ८ पालिकाको मतगणना सकियो, ५ पालिकामा कांग्रेस र ३ पालिकामा माओवादी विजयी


923
Shares

दाङ । दाङमा हालसम्म ८ वटा पालिकाहरुको मतगणना सकिएको छ । जिल्लाको दश वटा पालिका मध्ये ८ वटा पालिकाको मतगणना सकिएको प्रदेश निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ । बाँकी तुलसीर उपमानगरपालिका र घोराही उपमहानगरपालिकाको मतगणना भने जारी रहेको छ ।

मतगणना सम्पन्न भएको पालिका मध्ये ५ वटा पालिकामा नेपाली कांग्रेसले जित हासिल गरेको छ भने ३ वटा पालिकामा नेकपा माओवादी केन्द्रले जित हात पारेको छ ।

बबई गाउँपालिका :-

अध्यक्ष – कुल बहादुर खत्री (नेपाली कांग्रेस)
उपाध्यक्ष – बम कुमारी खड्का (नेपाली कांग्रेस)

शान्तिनगर गाउँपालिका :-

अध्यक्ष – प्रमोद बस्नेत (नेपाली कांग्रेस)
उपाध्यक्ष – प्रेमकुमारी बुढाथोकी (नेपाली कांग्रेस)

दंगीशरण गाउँपालिका :-

अध्यक्ष – शम्भु गिरी (नेपाली कांग्रेस)
उपाध्यक्ष – पिमा कुमारी वली (नेपाली कांग्रेस)

बंगलाचुली गाउँपालिका :-

अध्यक्ष – तुलसीराम पुन मगर (नेकपा माओवादीका केन्द्र)
उपाध्यक्ष – भक्तबहादुर जि.सी. (नेपाली कांग्रेस)

लमही नगरपालिका :-

प्रमुख – जोगराम चौधरी (नेपाली कांग्रेस)
उपप्रमुख – लक्ष्मी योगी (नेपाली कांग्रेस)

राप्ती गाउँपालिका :-

अध्यक्ष – प्रकाश विष्ट (नेकपा माओवादीका केन्द्र)
उपाध्यक्ष – कमलपति चौधरी (नेकपा एमाले)

गढवा गाउँपालिका :-

अध्यक्ष – यमनाराण शर्मा (नेकपा माओवादीका केन्द्र)
उपाध्यक्ष – शारदा कुमारी चौधरी (नेपाली कांग्रेस)

राजपुर गाउँपालिका :-

अध्यक्ष – शरदकुमार बुढाथोकी (नेपाली कांग्रेस)
उपाध्यक्ष – धनपती देवी यादव (नेपाली कांग्रेस)

यता दुई उपमहानगरपालिका मध्य घोराहीमा एमालेको अग्रता छ भने तुल्सीपुरमा अहिलेसम्म गठबन्धनको अग्रता रहेको छ ।