२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सिन्धुलीको फिक्कल गाउँ पालिकामा एमाले विजयी


273
Shares

सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् ।
अध्यक्षमा एमालेकी पार्वती सुनुवार विजयी भएकी छन् । उनले गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांंग्रेसका नृप भुजेललाई पराजित गरेकी हुन् ।

सुनुवारले ४ हजार ६२ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भुजेलले ४ हजार १७ मत पाए । भुजेल ४५ मतले पराजित हुन पुगे । सुनुवार सिन्धुलीबाट गाउँपालिका अध्यक्षमा निर्वाचित हुने पहिलो महिला उम्मेदवार बनेकी छन् ।

त्यसैगरी उपाध्यक्षमा पनि एमालेका राजु बराल निर्वाचित भएका छन् । बराल ४ हजार २ सय ५६ मत ल्याएर निर्वाचित भएका हुन । बरालका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका लोकेन्द्र कार्कीले ३ हजार ४ सय २६ ल्याएका थिए ।