९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


हचुवाको भरमा दुई दिन बिदा दिने निर्णय गरियो : योगेश भट्टराई


5.018k
Shares

काठमाडौं । नेकपा (एमाले)का सांसद् योगेश भट्टराईले हचुवाको भरमा हप्ताको दुई दिन बिदा दिने निर्णय गरिएको बताउनुभएको छ ।

बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद् भट्टराईले पेट्रोलियम पदार्थको उपभोग घटाउनकै लागि दिइएको दुई दिन बिदा प्रत्युत्पादक हुने बताउनुभयो ।

श्रमशक्ति, अर्थतन्त्र, पर्यटनको विकासमा कसरी टेवा पुर्याउँछ भन्नेबारे मूल्याङ्कन नै नगरी दुई दिन बिदा दिनु घातक हुने उहाँको भनाइ छ ।

सरकारले औपचारिक च्यानलहरुलाई डण्डा देखाउँदा विदेशबाट अनौपचारिक च्यानलहरु हाबी भएको सांसद भट्टराईले बताउनुभयो ।

देशमा वर्गीय अन्तर कायम रहेको भन्दै भट्टराईले तल्लो वर्गलाई संरक्षण, मध्यम वर्गलाई साथमा र उच्च वर्गलाई उत्साहित बनाएर देशको वर्गीय विभेद अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।