१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रुपन्देहीको देबदह नगरको मेयर र उपमेयरमा एमाले विजयी


754
Shares

बुटवल । रुपन्देहीको देबदह नगरपालिकामा एमालेका उम्मेदवार विजयी भएका छन् ।

मेयरमा ध्रुब खरेल र उपमेयरमा विद्यालक्ष्मी गुरुङले बाजी मारेका हुन् ।

एमाले उम्मेदवारले अग्रता लिएको भन्दा कम मत गन्न बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालय देबदहले जनाएको छ ।

कार्यालयका अनुसार ९०० मत गन्न बाकी रहेको र १९ सय बढिको मतान्तर भएकोले विजयी भनिएको एमाले देबदहले जनाएको छ ।

यहाँ मेयरमा नेपाली काङ्ग्रेसका हिरा केसी, राप्रपाका माधवप्रसाद उपाध्याय रिमाल उम्मेदवार रहेका थिए ।

उपमेयरमा माओवादी केन्द्रकि सुन्दरी गिरी र राप्रपाकी निर्मला घर्ती क्षेत्री उम्मेदवार थिए।