
काठमाडौं, चैत्र २९ चैत्र । अमेरिकामा कोरोना संक्रमणबाट अर्का एक जना नेपालीको मृत्यु भएको छ ।
अमेरिकाको न्यूयोर्कको ज्याक्सनहाइटमा बस्ने ४७ बर्षीय राजकुमार थापाको कोरोना संक्रमणका कारण निधन भएको हो ।
गत मार्च १९ मा उनलाई कोरोना संक्रमण पुष्टी भएपछि अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । न्यूयोर्कको क्वीन्समा रहेको एल्महस्र्ट अस्पतालबाट नर्थ सेन्ट्रल ब्रोक्स अस्पतालमा ट्रान्सफर गरिएका उनको निधन भएको एल्महस्र्ट अस्पतालको डाइरेक्टरको कार्यालयले पुष्टी गरेको छ ।
डाइरेक्टरको कार्यालयका अधिकारीले थापाको मृत्यु भएको जानकारी मेरिल्याण्ड राज्यको संसदका डेलिगेट ह्यारी भण्डारीलाई आज विहान दिएकाको अमेरिकाबाट पत्रकार होम लम्सालले जानकारी दिएका छन् ।
गत मार्च १४ मा अस्पताल भर्ना भएका उनी हिडेरै अस्पताल पुगेका थिए । न्यूयोर्कमा उबर चलाउँदै आएका उनले कोरोनाको त्रासका कारण मार्चको शुरुदेखि नै उबर चलाउन छाडेका थिए ।
न्यूयोर्कका मृत्यु हुने थापा पाँचौं नेपाली हुन् । यस अघि चार जनाको कोरोनाबाट मृत्यु भइसकेको छ। न्यूयोर्क अमेरिकामा सबैभन्दा बढी कोरोना संक्रमित राज्य हो ।
प्रतिक्रिया दिनुहोस्