१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सिन्धुलीको मरिण गाउँपालिका अध्यक्षमा माओवादी विजयी,उपाध्यक्षमा कांग्रेस


507
Shares

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विमर्श मोत्तान विजयी भएका छन् ।

सत्ता गठबन्धनबाट उम्मेदवार बनेका मोक्तान ५ हजार १९४ मत ल्याएर विजयी भएका हुन् । मोक्तानका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका गोविन्दलाल माझीले ४ हजार ७६० मत ल्याएका थिए । त्यसैगरी उपाध्यक्षमा गठबन्धनबाटै नेपाली कांग्रेसकी बिमला माझीले ५ हजार २८१ मत प्राप्त गरेर विजयी भइन् । माझीकी निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार स्वतन्त्रबाट उठेकी मञ्जु माझीलाई ५०८ मत प्राप्त भएको थियो । यस अघि नेकपा माओवादी केन्द्रबाट गाउँपालिका उपाध्यक्ष रहेकी संगिता माझीले गठबन्धनबाट उपाध्यक्षमा टिकट नपाएपछि उनले नेकपा एमालेबाट उम्मेदवारी दिएकी थिइन् । तर पछि उनी माओवादीमै फर्किएर उम्मेदवारी फिर्ता लिएपछि एमालेको उपाध्यक्ष पदमा उम्मेदवारी परेको थिएन । त्यसकारण भारी मतको अन्तरमा विमला विजयी भएकी हुन् ।

७ वडा रहेको मरिणमा एउटा वडामा एमालेले जितेको छ भने बाँकी सबै माओवादीले जितेको छ । २०७४ को स्थानीय तह निर्वाचनमा गाउँपाालिका अध्यक्ष, उपाध्यक्षसहित सबै वडामा माओवादी केन्द्र विजयी भएको थियो । यसपटक भने सत्ता गठबन्धनमा भाग लगाउँदा उपाध्यक्ष कांग्रेसको भागमा परेको थियो ।