
मोरङ । विराटनगर महानरपालिकाको मेयरमा कांग्रेसका नागेश कोइराला र उप–मेयरमा एमालेकी शिल्पा निरौला कार्कीको अग्रता कायमै छ ।
४५ हजार ४ सय २६ अर्थात् ५२ प्रतिशत मतगणना हुँदा कोइराला १४ हजार ४ सय ८६ मतका साथमा ३ हजार ५ सय मतले एमालेका उमेदवार सागर थापाभन्दा अगाडि हुनुहुन्छ ।
एमालेका विराटनगरका मेयरका उम्मेदवार सागर थापा १० हजार ९ सय ३४ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी उप–मेयरमा कार्कीले १२ हजार ४ सय ९६ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट उप–मेयरका उम्मेदवार जसपा नेता अमरेन्द्र यादवले ७ हजार ६२ मत प्राप्त गर्नुभएको छ ।
विराटनगरका ६ वटा वडाको अन्तिम मत परिणाम आइसकेको छ । विराटनगरमा ८९ हजार ६६८ मत खसेको थियो ।
प्रतिक्रिया दिनुहोस्