
सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिकाको मेयर र उपमेयर पदमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
मेयरमा गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका दिनेश अधिकारी १५ हजार ८३८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्दी नेकपा एमालेका लक्ष्मण कार्कीले १० हजार ६५२ मत प्राप्त गरेका थिए । अधिकारीले कार्कीलाई ५ हजार १८६ मतान्तरले हराएका हुन् ।
त्यसैगरी उपमेयरमा नेपाली कांग्रेसका चन्द्र किशोर थारु १४ जार २१३ मत ल्याएर विजयी भएका छन् । उनका निकटम प्रतिस्पर्धी एमालेकी बाल कुमारी अधिकारीले १० हजार ६११ मत प्राप्त गरेकी थिइन् । दुधौली नगरपालिकामा १४ वटा वडा रहेका छन् । जसमा १,३,४,५,६,७ र ८ वडा कांग्रेसले जितेको छ । त्यसैगरी १२,१३ र १४ वडा माओवादीले जितेको छ भने एमालेले २,९,१० र ११ वडा गरी चारवटामा जित हासिल गरेको छ ।
प्रतिक्रिया दिनुहोस्