
कैलाली । जिल्लाको मोहन्याल गाउँपालिकाको अध्यक्षमा नेकपा ( माओवादी केन्द्र)का देवीदत्त उपाध्याय निर्वाचित हुनुभएको छ ।
नेकपा (एमाले)का उम्मेदवार धरमबहादुर थापालाई पराजित गर्दै उपाध्याय गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
उहाँले ३ हजार १ सय ३४ मत प्राप्त गर्नुभयो भने प्रतिस्पर्धी थापाले दुई हजार सात सय १५ मत प्राप्त गर्नुभयो ।
यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार कमलबहादुर साउद निर्वाचित हुनुभयो । उहाँले ३ हजार ३ सय ३९ मत प्राप्त गर्नुभयो ।
उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार सरस्वतीदेवी रावल विष्टले २ हजार ३ सय ३ मत प्राप्त गर्नुभएको थियो ।
गाउँपालिकामा ७ हजार ७ सय ९० मत खसेको थियो ।
प्रतिक्रिया दिनुहोस्