
रौतहट । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको गृहनगर गौर नगरपालिकामा सोही पार्टीका उम्मेदवार शम्भु शाह विजयी हुनभएको छ ।
उहाँले ६ हजार ३ सय ८१ मत ल्याएर विजयी हुँदा उहाँका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार अजय गुप्ताले ३ हजार ७ सय ५५ मत प्राप्त गर्नुभयो ।
यस्तै, उप–प्रमुखमा सोही दलकी उम्मेदवार शैलकुमारी देवीले ४ हजार ८ सय ९ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार डा. सहजा खातुनले ३ हजार ६ सय ८५ मत मात्र प्राप्त गर्नुभयो ।
यस्तै, एकीकृत समाजवादीले नगरको १, २, ३, ४, ६ र ९ वडाको वडाध्यक्षसमेत बाजी मारेको छ । वडा नम्बर ५ मा स्वतन्त्र उम्मेदवार, ७ मा लोसपा र ८ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भए ।
प्रतिक्रिया दिनुहोस्