१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


राष्ट्रकवि माधवप्रसाद घिमिरेले गरे अपील, ‘देश विपत्तीमा छ, लकडाउनका बेलामा घरबाहिर ननिस्कौं’


0
Shares

काठमाडौं, चैत्र २९ । राष्ट्रकवि माधवप्रसाद घिमिरेले कोरोना भाइरसविरुद्ध गरिएको बन्दाबन्दीमा घरबाहिर ननिस्कन सबैमा अपील गरेका छन् ।

कोरोनाको विश्वव्यापी महामारी नेपालमा विकराल रुपमा नफैलियोस् भन्नका लागि सरकारले लागु गरिएको लकडाउनको पूर्ण पालना गर्न उनले सबैलाई आग्रह गरेका हुन् ।

एक भिडियो सन्देश जारी गर्दै राष्ट्रकवि घिमिरेले लकडाउन मानव स्वास्थ्यका लागि भएकाले यसलाई सबै मिलेर सफल पार्नु पर्ने बताए । पहिले कुष्ठरोग लाग्दा उसको घरको तगारोमा काँडा लगाउने चलन रहेको स्मरण पनि राष्ट्रकवि घिमिरेले गरेका छन् ।

बन्दाबन्दी तोडेर कोही पनि बहादुर नहुने भन्दै उनले भनेका छन्, ‘केही मानिसले लकडाउन लागु गरिएको बेला पनि केही मानिसले उल्लंघन गरेर बहादुरी देखाए जस्तो गरेको देखिन्छ । त्यसरी बहादुर भइँदैन । घरमै बसेर नियम पालना गरे मात्रै यो युद्ध जित्न सकिन्छ ।’

महामारीविरुद्ध अग्रपंक्तिमा रहेर काम गरिरहेका चिकित्सक, नर्स, सफाईसहितका सेवाकर्मीलाई उनले धन्यवाद पनि दिएका छन् ।

राष्ट्रकवि घिमिरेले लकडाउनको पालना गर्दै आफु घरमै बसेको भन्दै अरु सबैलाई पनि घरमा बस्न अपील गरेका हुन् ।