
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकामा मतगणना रोकिएको छ ।
मतगणना स्थलमा एजेन्ट प्रवेशको विषयलाई लिएर विवाद हुँदा केहि समयका लागि मतगणना कार्य रोकिएको दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिनुभयो । मतगणना उच्च सरकारी वकिलको कार्यालयको हलमा भइरहेको छ ।
एमालेका प्रतिनिधिले सहमती अनुसार एकजना उम्मेदवार बराबार एक जना मात्र एजेन्ट हुनुपर्ने माग राखेको छ ।
नेपाली कांग्रेसले गठबन्धनबाट पाँच जना र एमालेबाट एक जना मात्र हुनुपर्ने भन्दै एजेन्ट भित्र प्रवेश गराएपछि विवाद भएको हो ।
विवाद अघि एक जना उम्मेदवार बराबर एक जना प्रतिनिधिको सहभागीता रहेको थियो । एजेन्टका विषयमा विवाद भएपछि नाराबाजी समेत भएको छ । विवादका कारण मतगणना भइसकेका वडाको अन्तिम नतिजा समेत सार्वजनिक गरिएको छैन ।
प्रतिक्रिया दिनुहोस्