
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा नेकपा एमाले विजयी भएको छ ।
मेयर पदमा एमालेका कृष्णप्रसाद श्रेष्ठले ११ हजार ३ सय ९३ मत प्राप्त गरेर विजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट नेपाली कांग्रेसकी शान्ता भण्डारीले ९ हजार ५ सय ३५ मत लिएर पराजित हुनुभएको हो ।
यस्तै, उपमेयरमा नेकपा एमालेकी मिश्रा आचार्यले ९ हजार ८ सय ७५ मत प्राप्त गरेर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट नेकपा माओवादी केन्द्रका राजेन्द्र भुसालले ९ हजार ३ सय ४४ मत लिएर पराजित हुनुभएको हो । नगरपालिकाभित्र १२ वडा मध्ये कांग्रेसले ७, एमाले ४ र माओवादी केन्द्रले १ वडा जितेको छ ।
२०७४ सालको चुनावमा कांग्रेसका कमलप्रसाद भुसालसंग ११ सय बढी मतले पराजित कुष्णप्रसाद श्रेष्ठ पुनः एमालेबाट चुनावमा लड्दा मेयर पदमा जित हासिल गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्