
कैलाली । कैलालीको टीकापुर नगरपालिकाको मेयर पदमा नागरिक उन्मुक्ति पार्टीका रामलाल डङ्गौरा थारु ९ हजार ६ सय ४२ मत प्राप्त गरेर विजयी हुनुभएकाे छ ।
उहाँका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेदवार नवराज रावल ६ हजार ६ सय ४२ मत प्राप्त गरेर पराजित हुनुभएकाे हाे । मेयरमा विजयी थारु आवद्ध पार्टीलाई रेशम चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठ (चौधरी)ले नेतृत्व गरिरहनुभएकाे छ । केही महिना अघि मात्रै साे पार्टी निर्वाचन आयोगमा दर्ता भएको थियो
उपमेयरमा भने नागरिक उन्मुक्ति पार्टीका उल्कादेवी विश्वकर्मालाई पराजित गरेर नेकपा माओवादी केन्द्रका खडकबहादुर शाह विजयी हुनुभएकाे छ । माओवादी केन्द्रका उपमेयर उम्मेदवार खडकबहादुर शाह ७ हजार ९ सय ५५ मत प्राप्त गरेर विजयी हुनुभएकाे हाे । उहाँका निकटतम प्रतिद्धन्द्धी नागरिक उन्मुक्ति पार्टीका उल्कादेवी विश्वकर्मा ७ हजार ८ सय २ मत प्राप्त गरेर पराजित हुनुभएकाे छ ।
साेही नगरपमलिकाे वडा अध्यक्षमा माओवादी केन्द्रले ४, नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीले ३-३ वटा वडामा विजयी भएका छन् । एक वटा वडामा मात्र नेकपा एमालेले विजयी हासिल गरेकाे छ ।
प्रतिक्रिया दिनुहोस्