७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


काभ्रेको बनेपा नगरपालिका मेयरमा कांग्रेस र उप–प्रमुखमा एमाले विजयी


299
Shares

काभ्रे । बनेपा नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

मेयरमा नेपाली कांग्रेसका शान्तिरत्न शाक्य विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका रत्नकुश रञ्जितकारलाई १ हजार ९५८ मतले पराजित गर्दै शाक्य नगरप्रमुखमा निर्वाचित हुनुभएको हो ।

शाक्यले १३ हजार ७९३ मत प्राप्त गर्दा रञ्जितकारले ११ हजार ८३५ मत प्राप्त गर्नुभएको छ ।

उप–मेयरमा भने नेकपा एमालेको तर्फबाट उम्मेदवार रहनुभएकी विमला सापकोटा दाहाल निर्वाचित हुनुभएको छ । दाहालले ११ हजार ९९२ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्दी गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका रघुवरचौ प्रधानले १० हजार ५ सय १५ मत प्राप्त गर्नुभयो । सापकोटाले प्रधानलाई १४ सय ७७ मतान्तरले पराजित गर्नुभएको हो ।

बनेपा नगरपालिकामा नेकपा एमालेले ७ वटा वडा, नेपाली कांग्रेसले ६ वटा वडा र एकीकृत समाजवादीले एउटा वडा जितेको छ ।