५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


अर्घाखाँचीको शितगंगा नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी


273
Shares

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेस र उपमेयर पदमा नेकपा एमाले विजयी भएका छन् ।

नगरपालिकाको मेयरमा गठबन्धनबाट कांग्रेसका छविलाल पौडेल र उपमेयरमा एमालेकी गिता भाट विजयी भएका हुन् ।

पौडेलले मेयर पदमा १० हजार ७८ मत लिएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका बसन्त कुमार श्रेष्ठले ९ हजार ८९२ मत प्राप्त गर्नुभयो ।

यस्तै, उपमेयरमा एमालेकी भाटले १० हजार २८८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका टिकाबहादुर रेश्मी मगरले ८ हजार ५७ मत प्राप्त गर्नुभयो ।

नगरपालिकाभित्र रहेका १४ वडा मध्ये कांग्रेसले ६ एमालेले ५, नेकपा माओवादी केन्द्रले १ र नगरपालिकाको वडा नम्बर १२ मा कांग्रेसले २ मतले वडा अध्यक्ष जितेको भए पनि पुनः मतगणना गर्दा बराबर भएपछि विवाद भएको छ ।

२०७४ सालको चुनावमा कांग्रेसका मेयर सुर्य अधिकारीबाट करिब २ हजार मतले पराजित एमालेका बसन्त कुमार श्रेष्ठ पुनः अहिले पनि चुनावी मैदानमा रहेता पनि पराजित भएका हुनुभएको हो ।

यता, २०७४ सालको चुनावमा माओवादी केन्द्रको तर्फबाट उपमेयर पदमा विजयी टिका बहादुर रेश्मी मगर अहिले एमालेकी उपमेयर गिता भाटसँग पराजित हुनुभएको हो ।