२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा कांग्रेस विजयी


195
Shares

परासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा नेपाली कांग्रेसले अध्यक्ष र उपाध्यक्ष जितेको छ । यसअघि त्यहाँ एमालले दुवै पद जितेको थियो ।

अध्यक्षमा कांग्रेसका टेक नारायण उपाध्यायले नेकपा एमालेका रामप्रसाद पाण्डेलाई २७५ मतान्तरले पराजित गर्नूभएको छ ।

उपाध्यायले ६ हजार २७० मत प्राप्त गर्दा पाण्डेले ५ हजार ९९८ मत प्राप्त गर्नुभयो ।

यसैगरी, उपाध्यक्षमा कांग्रेसकी गीता चौधरीले एमालेकी इन्द्रकुमारी थरुनीलाई ६२१ मतान्तरले पराजित गर्दै विजयी हुनु भएको हो । गीताले ६ हजार ६०५ मत प्राप्त गर्दा इन्द्रकुमारीले ५ हजार ९८४ मत प्राप्त गर्नुभयो ।

पराजित एमालेका दुवै जना उम्मेदवार निवर्तमान अध्यक्ष/उपाध्यक्ष हुन् ।

५ वटा वडा रहेको पालिकामा ३ वडा कांग्रेस र २ वडा एमाले विजयी भएको छ ।