८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


काभ्रेको नमोवुद्ध नगरपालिकाको मेयरमा कांग्रेस र उप–मेयरमा माओवादी केन्द्र विजयी


273
Shares

काभ्रे । नमोबुद्ध नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका कुन्साङ लामा विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजन भुर्तेललाई ५ हजार ३८९ मतले पराजित गर्दै लामा मेयरमा निर्वाचित हुनुभएको हो ।

लामाले ११ हजार २११ मत प्राप्त गर्दा भुर्तेलले ५ हजार ८२२ मत प्राप्त गर्नुुभएको छ ।

यसैगरी, उप–मेयरमा भने नेकपा माओवादी केन्द्रका रत्नबहादुर लामा निर्वाचित हुनुभएको छ ।

लामाले ८ हजार १८७ मत मत प्राप्त गर्दा उहाँका निकटत प्रतिस्पर्धी एमालेकी सम्झना लामाले ६ हजार ५४३ मत प्राप्त गर्नुभएको छ ।