२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा गठबन्धन पराजित गर्दै एमाले विजयी


325
Shares

परासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा गठबन्धलाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

एमालेका उम्मेदवार विमला अर्यालले नेपाली कांग्रेसका उम्मेदवार अर्जुनकुमार पोखरेललाई ३ हजार २१८ मतान्तरले पराजित गरेर विजयी हुनु भएको हो । अर्यालले १४ हजार ८३८ ल्याउँदा पोखरेलले ११ हजार ६२० मत प्राप्त गर्नुभएकोछ । पराजित पोखरेल कांग्रेसका जिल्ला सभापतिसमेत हुन् ।

यसैगरी, उपमेयरमा सूर्यप्रसाद दुबे विजयी हुनु भएको छ । दुबेले नेकपा माओवादी केन्द्रका लेखनाथ खरेललाई ४ हजार ९०८ मत अन्तरले पराजित गरेर विजयी हुनु भएको हो । दुबेको १३ हजार ७९८ र खरेलको ८ हजार ८९० मत रहेको छ । त्यहाँ कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका थिए । यसअघिको निर्वाचनमा कांग्रेसले मेयर र एमालेले उपमेयर जितेको थियो ।

१३ वडा रहेको सुनवलका ७ वडा एमाले, ५ वडा नेपाली कांग्रेस र १ वडा माओवादी केन्द्रले जितेको छ ।

विजयी हुनेमा वडाध्यक्षमा वडा नं. १ मा मानबहादुर थापा, वडा नं. २ मा राजेन्द्र यादव, वडा नं. ३ मा पविन गुरुङ, वडा नं. ४ मा बालकृष्ण पंगेनी र वडा नं. ५ मा नेत्रलाल शर्मा छन् । वडा नं. ६ मा हिमलाल शर्मा, वडा नं. ७ मा नारायणप्रसाद आचार्य, वडा नं. ८ मा देउबहादुर गुरुङ, वडा नं. ९ मा बिरबल चौधरी र वडा नं. १० मा दिलबहादुर थापा विजयी भएका छन् ।

त्यस्तै वडा नं. ११ मा कमलप्रसाद चुवाई, वडा नं. १२ मा चुडामणि पौडेल र वडा नं. १३ मा कृष्णप्रसाद वगाले वडा अध्यक्षमा विजयी भएका छन् ।