१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पोखराको मेयरमा धनराज आचार्य २४५० मतले अगाडि


676
Shares

पोखरा । पोखरा महानगरपालिकामा गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार धनराज आचार्यले अग्रता कायमै राख्नुभएको छ ।

५२ हजार ८ सय १७ मतगणना हुँदा आचार्यले २१ हजार ८ सय ३८ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का कृष्ण थापाले १९ हजार ३ सय ८८ मत प्राप्त गर्नुभएको छ ।

राप्रपा शंकर खराल २ हजार १ सय ८६ मत प्राप्त गरेका छन् भने स्वतन्त्र खड्कराज पौडेल गनेशले १ हजार १ सय ८३ मत प्राप्त गरेका छन् ।

उपमेयरतर्फ एमालेकी मन्जु गुरुङले अग्रता लिनुभएको छ । पछिल्लो मतपरिणाम अनुसार गुरुङ नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटभन्दा ९ मतले अगाडी हुनुहुन्छ । मन्जुले २२ हजार १ सय ३१ मत प्राप्त गर्दा कोपिलाले २२ हजार १ सय २२ मत प्राप्त गर्नुभएको छ ।

पोखरामा १२ वडाको मतगणना सकिएको छ । जसमा वडा नम्बर २, ३, ४, १२, १३, २३, २४, २५, २६ नेपाली कांग्रेसले विजय हासिल गरेको छ भने वडा नम्बर १, ५ र ६ नेकपा एमालले विजयी हासिल गरेको छ । अहिले पोखरा ७, ८, ९, १४, २०, २७, २८ र २९ मा मतगणना भइरहेको छ ।