
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरकमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम राखेका छन् ।
करिब ५० हजार मत गन्दा शाहले २३ हजार ५८४ मत ल्याउनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले १२ हजार ३८० मत प्राप्त गर्नुभयो ।
उहाँहरूबीच मतको अन्तर ११ हजार २०४ रहेको छ ।
यस्तै गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ११ हजार ४९९ मत प्राप्त गर्नुभयो ।
३ लाख २ सय मतदाता रहेको काठमाडौं १ लाख ९१ हजार मत खसेको थियो ।
प्रतिक्रिया दिनुहोस्