
काठमाडौं । साताको अन्तिम दिन शेयर बजार पुनः दोहोरो अंकले ओरालो लागेको छ ।
मंगलबार ८५ अंकले करेक्सन भएको बजार बुधबार ९ अंकले सकारात्मक रहेकोमा बिहीबार पुनः ऋणात्मक रहेको हो ।
उतार चढावबीच बजार परिसूचक नेप्से २३ अंकले ओरालो लागेर २२ सय ५० आएर थामियो । मध्यान्ह बजार उकालो लागेर २२ सय ८२ सम्म पुगेपनि बृद्धि अन्तिम समयसम्म टिक्न सकेन ।
सामूहिक लगानी कोष नगन्य अंकले हरियो रहे बाहेक अरु सबै समूह ओरालो लागे । दुबै बीमा समूहमा डेढ सय अंक हाराहारीको गिरावट आयो । विकास बैंक समूहमा ८८ अंकको गिरावट आउँदा अरु पनि बढीजसो समूह दोहोरो अंकले ऋणात्मक रहे ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय १९ कम्पनीको ३८ लाख बराबर कित्ता शेयर १ अर्ब ३० करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । दिन १ सय ६९ कम्पनीको मूल्य घट्दा जम्मा १९ को बढेको पनि एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्