
काठमाडौं । नेकपा(एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले स्थानीय तह निर्वाचनमा पार्टीको जनमत यथावत रहेको बताउनुभएको छ ।
बिहीवार प्रतिनिधि सभा बैठकका लागि संसद भवन पुग्नुभएका ज्ञवालीले सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ आफुहरुको जनमत यथावत रहेको बताउनुभएको हो । उहाँले अन्य पार्टीसँग थोरै मतअन्तर रहेका ठाउँहरुमा गठबन्धनका कारण आफुहरुको पराजय भएको बताउनुभयो । उहाँले एमालेको ४८ सालदेखि आएको जनमत यस निर्वाचनबाट पनि तलमाथि नभएको उल्लेख गर्नुभयो ।
उहाँले कतै कतै पार्टीको आन्तरिक कारणहरुले पनि पार्टीले हारेको भन्दै त्यसको समिक्षा गर्ने बताउनुभयो । उपमहासचिव ज्ञवालीले संसदको यस अधिवेशनमा संवेदनशील खालका विधेयकहरु टुंग्याउनुपर्ने र त्यसमा एमालेको सहयोग हुने बताउनुभयो ।
उहाँले नेकपा(एकीकृत समाजवादी)लाई सभामुख र अदालतले बचाइदिएको भएपनि जनताले नबचाइदिएको टिप्पणी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्