
काठमाडौं । नेकपा एकालेका सांसद भीम रावलले स्थानीय तह निर्वाचनमा एमाले हारको विभिन्न पाटाहरु भएको बताउनुभएको छ ।
बिहीबार संसद भवनमै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै रावलले स्थानीय तह निर्वाचनमा एमाले हारको विभिन्न पाटाहरु भएको बताउनुभयो । एमालेको विभाजन पनि हारको कारण भएको उहाँको भनाई छ ।
त्यसैगरी पार्टीहरु प्रति जनताले हेर्ने दृष्टिकोण र वितृष्णा रहनु अर्को कारण भएको उहाँले उल्लेख गर्नुभयो । उहाँले पार्टी भित्रै अन्र्तघात हुनु पनि अर्को कारण रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्