१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गठबन्धनमा इमान्दारिता देखिएन : मेटमणि चौधरी


416
Shares

काठमाडौं । नेकपा(एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले पाँच दलिय गठबन्धनमा इमान्दारिता नदेखिएको बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकमा सहभागि हुन संसद भवन पुग्नुभएका सांसद चौधरीले सञ्चारकर्मीहरु सँग कुराकानी गर्दै गठबन्धनमा इमान्दारिता नदेखिएको बताउनुभएको हो । उहाँले नेपाली कांग्रेसले जवाफदेहिता र इमान्दारिता देखाउन नसकेकको बताउनुभयो ।

माओवादी पार्टी व्यापारिक मानिसले जस्तै फाइदा हुनेतिर मात्रै ढल्किएको उहाँले आरोप लगाउनुभयो । निर्वाचन मत परिणाम बाट आफुहरु सन्तुष्ट हुन नसकेको उहाँले बताउनुभयो ।

उहाँले कांग्रेस र माओवादी सच्चिएमा मात्र गठबन्धनलाई अगाडी बढाउन सकिने बताउनुभयो । नैतिकताको राजनीति नगर्ने र भनेको कुरा नगर्ने पार्टीहरु सँग अगाडी जान नसकिने उहाँले बताउनुभयो ।

चौधरीले स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस र नेकपा(माओवादी केन्द्र)का बिचमा मात्रै गठबन्धन भएको जिकिर गर्नुभयो । पाँच दलिय गठबन्धनलाई सफल भएको मान्न नसकिने उहाँले बताउनुभयो ।