२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


अमेरिकाको तिब्बत मामिलाका विशेष संयोजन नेपाल आउँदै, भेटिन् दलाई लामालाई


819
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनकी तिब्बत मामिला विशेष संयोजक उज्रा जिया शुक्रबार (भोलि) नेपाल आउनुहुनेभएको छ ।

दुई दिने भ्रमणमा जियाले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री, गृहमन्त्री, मानवअधिकारकर्मी तथा नागरिक समाजलगायत सँग भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारतको हिमाञ्चल प्रदेशस्थित धर्मशालामा बिहीबार (आज) तिब्बतका निर्वासित धर्म गुरु तथा नेता दलाई लामासँग उहाँले विशेष भेटवार्ता गर्नुभयो ।

भेटमा जियाले अमेरिकी राष्ट्रपति र अमेरिकी जनताका तर्फबाट लामाको सुस्वास्थ्यको कामना गर्दै शान्ति सन्देशका लागि कृतज्ञता व्यक्त गर्नुभयो ।

उहाँले निर्वासित तिव्वती संसद र प्रशासनका उच्च प्रतिनिधि सँग पनि भेटवार्ता गरेको केन्द्रीय तिब्बती प्रशासनले जनाएको छ ।

उपविदेशमन्त्री समेत रहेकी जियालाई चीन र दलाई लामाबीच निःशर्त संवाद गर्न, तिब्बतीहरूको मानवअधिकार, धार्मिक, भाषिक र सांस्कृतिक पहिचानका मुद्दाको पैरवी गर्ने जिम्मेवारी दिइएको छ ।