१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बर्दघाट नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा माओवादी विजयी


416
Shares

परासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रका गठबन्धन उम्मेदवार विजयी भएका छन् ।

मेयरमा कांग्रेसका शम्भुलाल श्रेष्ठ र उपमेयरमा माओवादी केन्द्रका रुद्र प्रकाश उपाध्याय विजयी हुनुभएको छ ।

निर्वाचित मेयर श्रेष्ठले एमालेका मेयर पदका उमेदवार धीरज शर्मा बस्याललाई ५१ सय ७१ को फराकिलो मतान्तरले पराजित गर्नुभयो । श्रेष्ठले १८ हजार ४८९ मत ल्याउँदा शर्माले १३ हजार ३२७ मत ल्याउनुभएको हो ।

उपमेयरमा राष्ट्रिय जनमुक्ति पार्टीकी उम्मेदवार तारा रानालाई ७ सय ८५ मतान्तरले पराजित गर्दै उपाध्याय विजयी हुनुभएको छ । उपाध्यायले १४ हजार ५९५ र रानाको १३ हजार ८१० मत प्राप्त गर्नुभएको छ ।

यसअघी दुबै पद एमालेले जितेको नगरपालिकामा अहिले एमालेले राष्ट्रिय जनमुक्ती पार्टीसँग गठबन्धन गरेर चुनाव लडेको थियो ।

१६ वडा रहेको नगरपालिकामा २ वडा एमालेबाहेक सबै वडामा गठबन्धनले जितेको छ । जसमा नेपाली कांग्रेसले ११, र नेकपा एस, माओवादी केन्द्र र स्वतन्त्रले १÷१ वडा जितेका छन् ।