
web pic
पाल्पा । पाल्पामा फोटो खिच्दा खोलामा डुबेर एक युवकको मृत्यु भएको छ ।
तिनाउ गाउँपालिका–३ स्थित तिनाउ खोलामा फोटो खिच्ने क्रममा सिद्धार्थ नगरपालिका १० का ३६ वर्षीय कयम अलीको डबेर मृत्यु भएको हो ।
बिहीबार दिउँसो साथीहरुसँगै खोलामा पौडी खेल्दै फोटो खिच्दै गर्दा डुवेर बेपत्ता भएका थिए । प्रहरीले अलीलाई सोही स्थानमा पानीमा डुबेको अवस्थामा उद्दार गरी उपचारका लागि लुम्बिनी प्रादेशीक अस्पताल बुटवल लगेको थियो । अस्पतालले अलीलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्