१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कैलालीको भजनी नगरमा मेयर र उपमेयर दुवै पदमा ​​​​​​​नागरिक उन्मुक्ति पार्टी विजयी


403
Shares

कैलाली । कैलालीको भजनी नगरपालिकाकाे मेयरमा नागरिक उन्मुक्ति पार्टीका केवललाल चौधरी र उपमेयरमा राजु तिरुवा विजयी भएकाे छन्।

भजनी नगरपालिकाकाे मेयरमा नागरिक उन्मुक्ति पार्टीका केवललाल चौधरी ७ हजार ४ सय ७५ मत प्राप्त गरेर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका मेयरका उम्मेदवार शेरबहादुर चौधरी ३ हजार ८ सय ७१ मत प्राप्त गरेर पराजित हुनुभएकाे छ ।

साेही नगरपालिकाकाे उपमेयरमा नागरिक उन्मुक्ति पार्टीकै राजु तिरुवा ६ हजार २ सय २५ मत प्राप्त गरेर विजयी हुनुभएकाे छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उपमेयरका उम्मेदवार गोकर्ण भण्डारी ३ हजार ५ सय ३७ मत प्राप्त गरेर पराजित हुनुभएको हाे। भजनी नगरपालिकामा नागरिक उन्मुक्ति पार्टीले ३ वडामा विजयी हासिल गरेको छ ।

त्यस्तै, गठबन्धनले ४ र नेकपा एमालेले २ वडामा विजयी हासिल गरेको छ।