
अर्घाखाँची । अर्घाखाँचीका ६ वटै स्थानीय तहकाे निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ।
३ नगरपालिका र ३ गाउँपालिका रहेको अर्घाखाँचीका जिल्लामा ३ वटा पालिकामा नेकपा एमालेले प्रमुखमा विजयी हासिल गरेको छ। त्यस्तै, गठबन्धनको तर्फबाट नेपाली कांग्रेसले दुई र राष्ट्रिय जनमोर्चाले एक पालिका प्रमुखमा विजयी भएका छन्। नेकपा एमालेले सन्धिखर्क, मालारानी र पाणिनीमा प्रमुखमा विजयी हासिल गरेकाे छ।
नेपाली कांग्रेसले शितगंगा र छत्रदेव तथा जनर्मार्चाले भूमिकास्थानमा प्रमुखमा विजयी हासिल गरेकाे छ। यसैगरि नेकपा एमालेले सन्धिखर्क,शितगंगा उप्रमुख र मालारानी, छत्रदेव गाउँपालिका उपाध्यक्ष र पाणिनीमा उपाध्यक्षमा विजयी हासिल गरेकाे छ। गठबन्धनका तर्फबाट माओवादीले भूमिकास्थानमा उपप्रमुखमा विजयी हासिल गरेकाे हाे।
अर्घाखाँचीका ६१ वटा वडा मध्ये एमालेले ३० वटा, कांग्रेसले २४ वटा, माओवादी केन्द्रले ४ वटा, राष्ट्रिय जनमोर्चा ३ वडामा विजयी भएका छन् ।
प्रतिक्रिया दिनुहोस्