
पोखरा। पोखरा महानगरपालिकामा नेकपा एकीकृत समाजवादीका मेयरका उम्मेदवार धनराज आचार्यले मतान्तर झनै फराकिलो बनाउनुभएकाे छ ।
६५ हजार बढी मत गणना हुँदा धनराज आचार्यले २६ हजार ९ सय ६८ मत प्राप्त गरेर अग्रता कायम राख्नुभएकाे हाे । उहाँलाई नेकपा एमालेका कृष्ण थापाले २३ हजार ६ सय ९८ मत प्राप्त गर्दै पछ्याई रहनुभएकाे छ। त्यस्तै राप्रपाका शंकर खरालले २ हजार ७ सय १९ मत प्राप्त गर्नुभएकाे छ। साथै लौरो चिन्नका उम्मेदवार खड्कराज (गणेश) पौडेलले २ हजार २ सय ८४ मत प्राप्त गर्नुभएकाे छ।
साेही महानगरपालिकामा उपमेयरमा नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले अग्रता लिइरहनुभएकाे छ। उहाँले २७ हजार २ सय ८४ मत प्राप्त गरेर अग्रता लिनुभएकाे छ ।
नेकपा एमालेकी उपमेयरकी उम्मेदवार मञ्जुदेवी गुरुङलाई १ सय ६५ मतान्तरलेपछि पार्दै अग्रता लिनुभएकाे हाे। उहाँलाई एमालेकी मञ्जुदेवी गुरुङले २७ हजार १सय १९ मत प्राप्त गर्दै पछ्याई रहनुभएकाे छ। साथै राप्रपाकी रञ्जना सेनले २ हजार ५ सय ८८मत प्राप्त गर्नुभएकाे छ ।
पोखरा महानगरपालिकाका३३ वडा मध्ये १५ वडाको मतगणना सकिंदा नेपाली काग्रेस ११र नेकपा एमाले ४ वडामा विजयी भएका छन् ।
प्रतिक्रिया दिनुहोस्