१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सुदूरपश्चिमका ७७ वटा पालिकाको मत परिणाम सार्वजनिक


286
Shares

कैलाली । सुदूरपश्चिम प्रदेशका ९ जिल्लाका ८८ स्थानीय तहमध्ये आज (शुक्रबार) बिहानसम्म ७७ पालिकाको मत परिणाम सार्वजनिक भएको छ ।

सार्वजनिक भएको मत परिणाम अनुसार नेपाली कांग्रेस ३५, नेकपा (एमाले) २३, नेकपा माओवादी केन्द्र १३, स्वतन्त्रले एक पालिकामा विजयी भएका छन् । आजीवन काराबास सजाय भोगिरहेका रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी कैलालीका ३ वटा पालिकामा विजयी भएकाे छ ।

नेकपा एकीकृत समाजवादीले भने २ वटा पालिकामा विजयी भएकाे छ । एउटा पालिकामा भने स्वतन्त्र उम्मेदवारले विजयी हासिल गरेकाे छ । त्यस्तै, उपप्रमुखमा कांग्रेसका ४१, एमाले २१, माओवादी ११ र नेकपा एकीकृत समाजवादीका दुई जना विजयी भएका छन् । दुई पालिकामा नागरिक उन्मुक्ति पार्टीले विजयी हासिल गरेकाे छ ।

बाँकी रहेका ११ वटा पालिकामा भने मतगणना भईरहेको छ ।