३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


अर्घाखाँचीका नवनिर्वाचित प्रमुख तथा अध्यक्षलाई सपथ ग्रहण


325
Shares

अर्घाखाँची । स्थानीय तहमा नवनिर्वाचित जनप्रतिधिहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय, सन्धिखर्कमा आयोजित कार्यक्रममा जिल्ला न्यायाधीश बासुदेव न्यौपानेले नगपालिकाका प्रमुख तथा गाउँपालिकाका अध्यक्षहरूलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको हो ।

सपथग्रहणमा शितगंगा नगरप्रमुख छविलाल पौडेल, भूमिकास्थानका नगरप्रमुख झविलाल थापा, मालारानी गाउँपालिका अध्यक्ष दलबहादुर भट्टराई, छत्रदेव गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठ र पाणिनी गाउँपालिका अध्यक्ष टेकराज न्यौपाने हुनुहुन्थ्यो ।

सबै स्थानीय तहका प्रमुखहरू सपथ ग्रहणमा सहभागी भए पनि सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठ भने सहभागी हुनुभएन । श्रेष्ठकी आमाको निधन भएकाले पछि मात्र शपथग्रहण गरिनेछ ।

६ वटा स्थानीय तहमध्ये तीन नगरपालिका र तीन गाउँपालिका रहेको जिल्लामा ६१ वटा वडा छन् । उप–प्रमुख, उपाध्यक्ष तथा वडाध्यक्ष, महिला सदस्य, दलित सदस्य र खुला सदस्यहरूलाई पनि पालिका स्तरमा आजै सपथ गराइनेछ ।