
परासी । पश्चिम नवलपरासीका ७ पालिकामध्ये ३ मा कांग्रेस, ३ मा एमाले र १ पालिका माओवादी केन्द्रले पाएको छ ।
३ वटा नगरपालिका र ४ गाउँपालिका रहेको जिल्लामा कांग्रेसले बर्दघाट नगरपालिकासहित प्रतापपुर र सुस्ता गाउँपालिका जितेको छ । बर्दघाटमा माओवादी केन्द्रले उपमेयर जितेको छ । बर्दघाटमा कांग्रेस/माओवादीको गठबन्धन थियो । बाँकी २ पालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै कांग्रेसले जितेको छ । यसअघि प्रतापपुरबाहेक दुई पालिकामा एमालेले जितेको थियो ।
एमालेले रामग्राम र सुनवल नगरपालिकासहित सरावल गाउँपालिकामा जितेको छ । रामग्राममा राप्रपाले उपमेयर जितेको छ । बाँकी २ पालिकाका दुबै पद एमालेले जितेको छ । यसअघि रामग्राम र सरावलमा दुवै पद कांग्रेसले जितेको थियो । सुनवलमा कांग्रेसले प्रमुख जितेको थियो भने एमालेले उपप्रमुख जितेको थियो ।
पाल्हीनन्दन गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रले जितेको छ । उपाध्यक्ष भने कांग्रेसले जितको छ । यसअघि पनि त्यहाँ माओवादी केन्द्रले अध्यक्ष र कांग्रेसले उपाध्यक्ष जितको थियो । अहिले जितेका अध्यक्ष दोहोरिएका हुन् ।
प्रतिक्रिया दिनुहोस्