४ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025


पहिलो पटक शुक्रबार पनि शेयर कारोबार, दोहोरो अंकको गिरावट


117
Shares

काठमाडौं । शेयर बजारमा शुक्रबार पनि दोहोरो अंकको गिरावट जारी रह्यो ।

उतार चढावबीच बजार परिसूचक नेप्से १६ अंक बराबरले झरेर २२ सय ३५ मा आएर थामियो ।

सरकारले जेठ १ गतेदेखि आइतबार सार्वजनिक बिदा दिएसँगै शुक्रबार पनि शेयर कारोबार हुन थालेको हो ।

कारोबार भने अर्ब तलै खुम्चियो । लगानीकर्तालाई कारोबार खुल्लाबारे हेक्का नहुँदा पनि कारोबार घटेको विश्लेषण गरिएको छ

यस दिन पनि कारोबारको सुरुवाती समय नेप्से उकालो लागेर २२ सय ५८ सम्म पुगेपनि बृद्धि टिक्न सकेन । यस दिन मात्र सामूहिक लगानी कोष नगन्य अंकले हरियो रहेबाहेक अरु सबै समूह ओरालो लागे ।

यस दिन दुबै बीमा समूहमा सय अंक माथिको गिरावट आयो । अरु पनि बढीजसो समूह दोहोरो अंकले ओरालो लागे । यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २३ कम्पनीको २५ लाख कित्ता शेयर जम्मा ९३ करोड २२ लाख बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

यस दिन १ सय ३९ कम्पनीको शेयरमूल्य घट्दा ४१ को बढ्यो भने १२ को स्थिर रहेको पनि नेप्सेले जनाएको छ ।