
काठमाडौं । स्थानीय तहको निर्वाचनमा म्यादी प्रहरीले सक्रियापूर्वक शान्ति सुरक्षाको जिम्मेवारी निभाए ।
विभिन्न वृत्त मातहतमा रही काम गरेका म्यादी प्रहरीलाई प्रहरी वृत्तका प्रमुखहरूले प्रमाणपत्रले सम्मान गरेर बिदा गर्दैछन् ।छोटो समय भए पनि देशको सेवा गर्न पाएकोमा खुशी लागेको उनीहरूको भनाइ छ ।
४० दिनको काम गराइबाट आफूहरू उत्साही भएको र भविष्यमा मौका मिले प्रहरीमै भर्ना भएर देशको सेवा गर्ने चाहना रहेको बताउँछन् ।
केही ठाउँमा आफूहरूलाई म्यादी प्रहरी भनेर होच्याइएकोमा भने उनीहरूको चित्त दुखाइ छ । तर, कमाण्डर प्रहरी कर्मचारीले आफूहरूलाई राम्रो व्यवहार गरेको उनीहरू सुनाउँछन् ।
४० दिन सँगै बसेर काम गरेका साथीहरूबाट छुट्टिनुपर्दा भने उनीहरूलाई दुःख लागेको छ । सरकारले हरेक निर्वाचनमा सुरक्षाकर्मी अपुग हुँदा म्यादी प्रहरीबाट काम चलाउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्