१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आइएमई पे र सेञ्चुरी बैंकबीच सम्झौता


78
Shares

काठमाडौं । आइएमई पे र सेञ्चुरी बैंकबीच पार्टनर बैंक सम्झौता भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच सम्झौतासम्बन्धी पत्रमा हस्ताक्षर भएकाे हाे ।

सम्झौता पत्रमा आइएमई पेको तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत आमोद भट्टराई र सेञ्चुरी बैंककाे तर्फबाट प्रमुख व्यापार विकास अधिकारी शंकर केसीले हस्ताक्षर गर्नुभएको थियो ।

सम्झौता अनुसार डिजिटल सहजताको निम्ति आइएमई पे मोबाइल वालेट एपमा सेञ्चुरी कमर्सिअल बैंकको खाता लिंक गरी बैंकको वित्तीय सुबिधाहरू आइएमई पे एपमा प्रयोग गर्न मिल्ने कम्पनीले जनाएको छ ।

हालसम्म नेपालको २३ वटा बैंक तथा वित्तिय संस्थाहरूसँग सो सम्झौता गरेको आइएमई पेले यस लिंक–अपको विभिन्न फाइदाहरू भएको जनाएको छ ।

आइएमई पेमा बैंक लिंक गरे पश्चात उपभोक्ताले आफ्नो सुविधाअनुसार सेञ्चुरी कमर्सिअल बैंकको खातामा आइएमई पे एपबाट निःशुल्क पैसा पठाउन वा सार्न मिल्नेछ ।

उपभोक्ताले सिधै आइएमई पेको पिन नम्बर राखी पैसा पठाउन वा सार्न मिल्ने (बैंक खाताको विवरण नचाहिने) तथा आफ्नो सेञ्चुरी कमर्सिअल बैंकको खाताको ब्यालेन्स आइएमई पे एपमा प्रत्यक्ष हेर्न मिल्ने गरी सिस्टम अध्यावधिक गरिएको कम्पनीले जनाएको छ ।