
काठमाडौं । युगान्डाविरुद्ध घरेलु मैदानमा आयोजित टी–२० श्रृंखलाको चौथो खेलमा नेपालले जित निकालेको छ ।
अघिल्ला तीन खेलमा पराजित भएर श्रृंखला गुमाएको नेपालले बिहीबार १५ रनको जित निकालेको हो । वर्षाका कारण मैदानमा पानी जमेपछि ढिला सुरु भएको खेल १८ ओभरमा झारिएको थियो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले इनिङको अन्तिम बलमा सबै विकेट गुमाएर ९७ रनको योगफल खडा गरेको थियो । टस जितेको नेपालका लागि ओपनर ज्योति पाण्डेले १३ बलमा १७ रनको पारी खेलिन् ।
अर्कि ओपनर ब्याटर बिन्दु रावल १६ रनमा आउट भइन् । सीता रानामगर ११ र डली भट्टले ६ रन मात्र बनाइन् । युगान्डाकी लागि कोन्की ओन्केले सर्वाधिक ३ विकेट लिइन् ।
९८ रनको लक्ष्य पछ्याएको युगाण्डाले निर्धारित १८ ओभरमा ८ विकेट गुमाएर ८२ रनमात्र जोड्न सक्या्े । नेपालका लागि डेब्यू खेल खेलेकी हिरनान्माये रोयले २ विकेट लिइन् । रुविना क्षेत्री, अस्मिना कर्मचार्य र कविता कुँवरले समान १–१ विकेट लिए ।
तीन खेल हार्दै सिरिज गुमाएको नेपालका लागि यो सान्तवना जित रहेको छ । नेपालले पहिलो खेल १२ रन, दोस्रो खेल १ विकेट र तेस्रो खेल ६ विकेटले पराजित भएको थियो ।
प्रतिक्रिया दिनुहोस्