
काठमाडौं, चैत्र ३० । सरकारले मुलुकभर बन्दाबन्दी अर्थात् लकडाउन गरेको आज (आइतबार) बीसौं दिन ।
यो दिन यस वर्ष २०७६ को अन्तिम दिन पनि हो । भोलि (सोमबार) देखि विक्रम संम्वत् २०७७ लाग्ने छ । अघिपछिका वर्ष भएका भए यो संवाददाता यी तस्वीर कैद गर्न पुगेको समयमा काठमाडौंमा नयाँवर्षको पूर्वसन्ध्या (न्यू एअर ईभ) को रौनक देखिएको हुन्थ्यो ।
तर यो वर्ष संसार नै अदृश्य कोरोना भाइरसको चपेटमा परेको छ । कोरोनाको कहरकै बीच नेपालीको नयाँवर्षको शुरु हुँदैछ । न्यू एअर ईभ मनाउन चाहनेहरु घरभित्रै बन्दाबन्दीमा परेर खुम्चिन बाध्य छन् ।
नयाँ वर्ष २०७७ को पूर्व सन्ध्या र बन्दाबन्दीको बीसौं दिनका दिनमा काठमाडौंको बाँकी दृश्य यिनै तस्वीरले वर्णन गर्दै छन् ।
तस्वीरमा काठमाडौंको मुटु मानिने दरबारमार्ग, न्यूरोड, असन, जमल, सिंहदरबार क्षेत्र र काठमाडौंका भित्रि क्षेत्र पनि समेटिएका छन् ।
शब्द चित्रः राजन कुईंकेल
प्रतिक्रिया दिनुहोस्