१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


आफ्नो सुविधाबाट एकजनालाई एमबीबीएस पढाउने गाउँपालिका अध्यक्षको घोषणा


5.109k
Shares

सोलुखुम्बु । दोस्रो कार्यकालका लागि पदभार ग्रहण गर्दै थुलुङ दूधकोशी गाउँपालिका अध्यक्ष असिम राईले आफ्नो सेवासुविधालाई चिकित्सक उत्पादनका लागि खर्च गर्ने घोषणा गर्नुभएको छ ।

मतपरिणामपछि बोल्दै अध्यक्ष राईले पालिकाभित्रका जेहेन्दार गरिब परिवारका विद्यार्थीहरूमध्येबाट एमबीबीएस अध्ययनका लागि सहयोग गर्ने घोषणा गर्नुभएको हो ।

यस्तै, उहाँले पालिकाबासीको सहजताका लागि वातावरणमैत्री विद्युतीय बस सञ्चालन गर्ने र त्यसका लागि ठाउँ–ठाउँमा चार्जिङ स्टेशन निर्माण गर्ने अर्को महत्वकांक्षी निर्णय समेत गर्नुभएको छ ।

पछिल्लो समय अत्यधिक बढिरहेको पेट्रोलियम पदार्थको मूल्य र वातावरणलाई समेत प्रदूषित बनाएको भन्दै अध्यक्ष राईले अबको कार्यकालको पहिलो काम नै विद्युतीय गाडी सञ्चालनलाई जोड दिइने बताउनुभयो ।

गाउँपालिकको सबै वडा तथा टोलमा सडक विस्तार भइसकेको र केही सडकलाई आवश्यकताअनुसार स्तरोन्नति गर्दै विद्युतीय बस सञ्चालनका लागि पालिका तयार रहेको उहाँले दाबी गर्नुभयो ।