
काठमाडौं । चितवनमा साँझ आएको हावाहुरीका कारण अटो रिक्सामा सवार तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
फरक-फरक ठाउँमा भएको दुर्घटनामा परी तीनको मृत्यु भएको हो । भरतपुरबाट भोजाडतर्फ जाँदै गरेको अटोरिक्सामा सवार दुईको भोजाडमा मृत्यु भएको हो भने भरतपुरबाटै भोजाडतर्फ जाँदै गरेको अर्को अटोमा सवार एकको बर्सेनीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार अटोमा सवार एक जना घाइते भएका छन् । रुख ढल्दा अटोमा लागि दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल लगेको छ ।
प्रहरीका अनुसार हावाहुरीका कारण जिल्लाको विभिन्न स्थानमा रुखहरु ढल्ने र पोलहरु ढल्ने गरेका कारण भित्री तथा राजमार्गका सडक अवरुद्ध भएका छन्। घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्