
काठमाडाैं । हाल नेपालमा स्थानीय वायु, भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभाव रहेको छ।
आज (शनिबार) बिहान प्रदेश-१ तथा देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेकाे छ । बाँकी भू-भागमा भने आंशिक बदली रहेको छ । साथै प्रदेश-१, मधेश प्रदेशका केही स्थानमा भने हल्का वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
शनिबार दिउँसो भने प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली हुने भएकाे छ। बाँकी भू-भागमा भने आंशिक बदली रहनेछ। साथै प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही र अन्य प्रदेशका केही स्थानमा मेघगर्जन-चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना भएकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
शनिबार राती भने प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली हुनेभएकाे छ। साथै देशका बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
साथै प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश, मधेश प्रदेश, र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन-चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको समेत सम्भावना भएकाे महाशाखाले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्