२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


पोखरामा मेयरमा ३२ हजार बढी मतका साथ आचार्य अग्र स्थानमा


3.055k
Shares

पोखरा । पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले मतान्तर निरन्तर रुपमा बढाउनुभएकाे छ।

उहाँले ३२ हजार ४ सय ८० मत प्राप्त गरेर अग्रता कायमै राख्नुभएकाे हाे। उहाँलाई नेकपा एमालेका मेयरका उम्मेदवार कृष्ण थापाले २९ हजार ४१ मत प्राप्त गरेर पछ्याई रहनुभएकाे छ। त्यस्तै, राप्रपाका मेयरका उम्मेदवार शंकर खरालले ३ हजार ५ सय २० मत प्राप्त गर्नुभएकाे छ। पोखरा महानगरपालिकामा हालसम्म ८० हजार १ सय ५४ मत गणना भइसकेकाे छ।

साेही महानगरकाे उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङले गुरुङले ३३ हजार २ सय २१ मत प्राप्त गरेर पुन: अग्रता लिनुभएकाे छ। शुक्रबार रातीबाट अग्रता बढाएर उहाँले नेपाली कांग्रेसकी उपमेयरकी उम्मेदवार कोपिला रानाभाटलाई २ सय ६२ मतले पछाडि पार्नुभएकाे हाे। उहाँलाई कांग्रेसकी रानाभाटले ३२ हजार ९ सय ५९ मत प्राप्त गरेर पछ्याई रहनुभएकाे छ।

साथै उपमेयर पदमा राप्रपाकी रञ्जना सेनले ३ हजार ४ सय ११ मत प्राप्त गर्नुभएकाे छ।